मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गर्नुभएका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ ग्रहण गर्नु भएकाे हाे ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गर्नुभएका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिनु भएकाे हाे । तीन मन्त्रीका साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिनु भएकाे छ ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसक्नु भएकाे छ । शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बबन्नु भएकाे छ । नेपाली काँग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएर नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले काँग्रेसबाट मन्त्री बन्नु भएका ३ जनालाई बर्खास्त गर्नु भएकाे थियाे ।

त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।