file photo

राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद सचिवालयले भोलि मंगलरबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ । मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन् । माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन् । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।