हेटाैंडा । मकवानपुर प्रहरीले स्राेत नखुलेकाे अवैध रकमसहित ४ जनालाई पक्राउ गरेकाे छ । प्रहरी चाैकी रातोमाटेबाट खटिएको प्रहरी टाेलीले हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्टस्थित पूर्व-पश्चिम सडकखण्डमा ११ लाख स्राेत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरेकाे हाे ।

वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एअर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय र नेपाली नगद प्रहरी बारमद गरिएकाे प्रहरीले जनाएकाे छ । उक्त कारभित्रबाट भारतिय रपैयाँ ५ लाख ४९ हजार (नेपाली रुपैयामा रुपान्तर गर्दा ८,७८,४००।) र नेपाली रुपैया २ लाख ५० पचास हजार गरि कुल ११ लाख २८ हजार चार सय रूपैयाँ बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा कार चालक भारत बिहार राज्य सितामणी थाना ९ बस्ने भुभैरवो बस्ने ३० वर्षीय राकेशकुमार र सोही गाडीमा सवार ३० वर्षीय चन्द्रबाबु, ३७ वर्षीय अशोक राय र सुनसरीकाे कोशी गाउँपालिका ४ बस्ने ३२ वर्षीय निजाम मियासमेतलाई कारसहित नियन्त्रणमा लिएको बताउनुभयाे । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाे मकवानपुर प्रहरीले जनाएको छ ।