file photo

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
उपसभापति धनराज गुरुङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताउनुभयाे । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार काँग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनु भएकाे थियाे ।