भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ नारा दिएर यसवर्षको गणतन्त्र दिवस मनाइँदै छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो ।
१९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । गणतन्त्र दिवसको अवसरमा भारतले मुख्य अतिथिको रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन्।