हेटाैंडा – बाराको कोल्हवी नगरपालिकाका एक वडासचिव घुस रकमसहित पक्राउ परेका छन् । कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वाका वडा सचिव (नायव सुब्बा) विनोद प्रसाद साह घुस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले साहलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुसबापतको रकम ३ हजार ५ सय लिइसकेको अवस्थामा उक्त रकमसहित रंगेहात साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो ।