मधेश सरकारबाट राजीनामा दिएका जनमत पार्टीका दुवै मन्त्रीको राजीनामा स्वीकृत भएको छ । मंगलबार साँझ जनमतका संसदीय दलका नेता समेत रहेको शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका थिए ।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले दिएका दुबैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका हुन् । ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्नेछन् ।