हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर जिल्लाबाट निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाले मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुरबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको हो ।
उपमहानगरपालिकाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश कुमार बर्तौला, बागमती प्रदेश सभा सदस्यमा निर्वाचित इन्द्र बहादुर बानियाँ, प्रेम बहादुर पुलामी, एकालाल श्रेष्ठ, भारती पाठक र लक्ष्मी देवी श्रेष्ठलाई सम्मान गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं लगायतको आतिथ्य रहेको थियो ।