हेटाैंडा । उत्तरी मकवानपुरका नेताहरुले चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणमा सामुहिक प्रयासको थालनी गरेका छन् । पहिलो पटक नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी)का नेताहरुले समुहिक प्रयास सुरु गरेको हो ।
मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य महेश वर्तोलाको समन्वयमा एकिकृत प्रयासको थालनी भएको हो । आज साँसद वर्तोला सहित पुर्व साँसदहरु रामनारायण विडारी, सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट ुआदर्शु, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचीव रामकृष्ण बस्नेत लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यसै आ.व.मा १० करोड बजेट माग गर्नुभएको हो । टोलीले प्रधानमन्त्रीलाई ४० करोड बराबरको श्रोत सुनिश्चीतता गराउन अनुरोध गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफुलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी नै रहेको बताउदै सरकारले आवस्यक बजेट उपलव्ध गराउनेमा निश्चिन्त रहन आग्रह गर्नु भएको साँसद वर्तौलाको स्वकीय आशिष अस्लामीले वताउनु भयो । गत शनिवार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा। महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।