काठमाण्डौं । प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश वर्तौलाले थानकोट चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरुमा क्र्यास ब्यारियर तथा तारजाली राख्ने विषयमा पहल गर्नुभएको छ । सांसद वर्तोलाले मंगलबार सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल र सडक डिभिजन कार्यालय काठमाण्डौंका प्रमुख नारायण भण्डारीलाई साे विषयमा निर्देशन दिनुभएकाे हाे ।
नेकपा (एमाले) का सचेतक समेत रहनुभएका वर्तौलाले आजै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरिकरण तथा दुर्घटनाको जोखिम न्युनिकरणका लागि आवस्यक व्यवस्पनमा ध्यान दिन आग्रह गर्नुभएको उहाँकाे सचिवालयले जनाएकाे छ । गत शनिवार काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त सडकको सेतो पहरा भन्ने स्थानबाट भएको दुर्घटनामा चार जनाको घटनास्थलमै र एकजनाकाे उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भएकाे थियाे । कारमा सवार एक जना मात्र सकुशल हुनुहुन्छ ।