मकवानपुर । हेटाैंडा–४, स्थित हेटाैंडा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई आज क्युएए प्रदान गरिएकाे हाे ।
२०४७ सालमा स्थापना भएकाे क्याम्पसले बिगत ५ वर्ष पहिले नै क्युएएका लागि आवेदन दिएकाे भएपनि विभिन्न चरणहरू पार गर्दै आज क्यूएए प्राप्त गरेको क्याम्पसका शिक्षा शास्त्र संकाय प्रमुख मनाेज पाेखरेलले जानकारी गराउनुभयो । सबैकाे प्रयासबाट क्याम्पसले क्युएए प्राप्त गर्न सफपल भएकाेमा उहाँले खुसी व्यक्त गर्नुभयाे । क्याम्पसमा हाल स्नातक तहसम्म शिक्षा, मानविकी र व्यवस्थापन विषय तथा शिक्षा शास्त्रमा स्नाकाेत्तर सम्मकाे अध्धयन हुने गर्दछ ।
यसअघि विश्वविद्यालय अनुदान आयोगबाट विज्ञसहितको पी आर पि टोलिले अनुगमन गरेर आयोगमा सिफारिस गरेकाे थियाे । टाेलिकाे सिफारिसकाे आधारमा सबै प्रकृया परागरि क्युएए प्रदान गरिएकाे हाे । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।











