एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली युएई र बङ्गलादेश खेल्दै छन् । खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै युएई पहिलो पटक फाइनलमा पुगेको हो ।
युएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्गलादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।