विराटनगर –७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा भएको आगलागी घटनामा दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर विराटनगर–६ घर भएका ३० वर्षे दिपक मण्डलको उपचारका क्रममा मृत्यु भएको हाे ।
आगो नियन्त्रणपछि गोदाम सफा गर्नेक्रममा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । शव जलेर नचिनिने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा परेर गम्भीर घाइते भएका चार जनामध्ये मण्डलको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो । बाँकी तीन जना घाइतेको न्यूरो अस्पतालमा र एक जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार