प्रतिकारात्मक तस्विर

मकवानपुर । मकवानपुरका दुइ छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि १० जना घाइते भएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–३ प्रतापडाँडा स्थित कान्तीलोकपथ सडक खण्डमा बस र ट्रक ठोकिदा पाँच जना घाइते भएका छन् ।
काठ्मान्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ४ ख ५७८० नम्बरको बस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको पराल लोड भएको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पाँच जना घाइते भएका हुन् । दुर्घटनामा ट्रक चालक सर्लाही बागमती नगरपालिका १ बस्ने २५ वर्षिय नारायण बहादुर रायमाझी दाहिने खुट्टार टाउकोमा चोट लागी मध्यम घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसमा सवार ४ जना सामान्य घाइते भएका छन् ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर४ पाङ्दुरेमा एकैपरिवारका ३ सहित ५ जना सवार अटो दुर्घटना भएको छ । धरान–चतरा सडकखण्ड अन्तर्गत हात्तिसुडे तर्फबाट जुरेली बजारतर्फ आउँदै गरेको बागमती प्रेदश ०३–००१ ह ३३९ नम्बरको अटो आफै अनियन्त्रित भएर बुधबार दिउँसो सडकमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बकैया गाउँपालिका ३ जितदमार बस्ने ३४ बर्षीय देब लाल जिम्बा, उनको श्रीमती ३१ बर्षीया ठुलिमाया जिम्बा, उनीहरुको छोरा १२ बर्षीय सृजल जिम्मा, सोही स्थान बस्ने २६ बर्षीया सुनि माया भ्लोन र १२ बर्षीय युदिर बोगटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको छाती, टाउको, अनुहार, पेट, हात लगायत विभिन्न अंगमा चोट लागेको छ । उनीहरुको घटनास्थलबाट उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।