माल्दिभ्सले औपचारिक रुपमा भारतलाई आफ्नो देशभित्र रहेका भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेकाे छ । शपथ ग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भन्नुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको हाे ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भन्नुभएको उल्लेख छ । भारतीय मन्त्री रिजिजु राष्ट्रपति मुइज्जूको शपथ ग्रहण समारोहमा सहभागी हुन माले पुग्नुभएको थियो ।
माल्दिभ्स राष्ट्रपति कार्यालयले भेटमा भारतीय सैनिक फिर्ताको विषय भनेको जनाए पनि भारतीय पक्षले यसबारे प्रतिक्रिया दिएको छैन । राजधानी मालेका पूर्वमेयर मुइज्जूले गएको महिना भएको राष्ट्रपति चुनावमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाउनुभएको थियो । उहाँले आफूले एक सय दिनमा गर्ने भनेको काममा महत्त्वपूर्ण कामहरुमध्येमा भारतीय सैनिक फिर्ता पनि पर्ने बताउनुभएको छ ।