मकवानपुर– हेटौंडा–११ स्थित सहिद स्मारक राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरूको प्रतीक स्वरूप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको सहिद स्मारक देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा परिचित भएको छ । आकर्षक पार्क तथा पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, उद्यान, सहिद स्मृति स्तम्भ, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, पौडी पोखरी, पानी फोहरा, झोलुङ्गे पुलले स्मारकलाई पर्यटकहरूका लागि मनमोहक बनाएका छन् । हालै निर्मित चार जना (पुष्पलाल श्रेष्ठ, विपी कोइराला, गणेशमान श्रेष्ठ, मनमोहन अधिकारी) प्रजातान्त्रिक योद्धाहरूको पूर्ण कदको सालिकसहितको उद्यानले अझ त्यसको गरिमा बढाएको छ । हेर्नुहाेस् ५० फाेटाेमा हेटाैंडाकाे सहिद स्मारक