आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ । लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनायाे ।
भारतका कप्तान राेहित शर्माले सर्वाधिक ८७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका डेभिड विलीले ३ तथा क्रिस वाेक्स र अदिल रशिदले समान २ विकेट लिए । भारत ५ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । इङ्ल्यान्ड ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।