मकवानपुर – ललितपुर स्थित ब्राईट फ्युचर क्याम्पसका आईतबार जिल्ला समन्वय समिति मकवानपुरको अवलोकन भ्रमण गरेका छन् । क्याम्सका स्नातक तह मानविकी संकायका विद्यार्थीहरुले फिल्ड अवजर्वेशन अन्तरगत जिसस मकवानपुरमा अवलोकन गरेका हुन् ।

सो अवसरमा विद्यार्थीहरुले देश संघीयतामा गएपछि जिल्ला समन्वय समितिले गर्ने कार्य सम्पादन तथा काम कर्तव्य अधिकारका बारेमा जानकारी लिएका थिए । विद्यार्थीहरुले जिल्ला समन्वय समितिले के कस्ता कार्य सम्पादन गर्ने गरेको तथा काम गर्ने क्रममा के कस्ता चुनौतिको समना गर्नु परेको जस्ता प्रश्न गरेका थिए ।

विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिको गठन, काम कर्तव्य तथा अधिकार, कार्यालयबाट हुने कार्य सम्पादन र काम गर्ने क्रममा आईपर्ने चुनौतिका बारेमा जानकारी प्रदान गर्नु भएको थियो । सो क्रममा प्रमुख खुलालले संविधानले दिएको अधिकार अनुसार जिल्ला समन्वय समितिले तीन तहका सरकारहरुका बिच समन्वय र सहजिकरणको काम गर्ने गरेको बताउनुभएको थियो । प्रमुख खुलालले जिल्ला भीत्रका स्थानीय तहहरु बिच, प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय र सहकार्यको काम गर्नुका साथै स्थानीय तहहरुमा समानुपातिक काम भए कि भएनन, स्थानीय तहमा के कस्ता विकासका गतिविधिहरु भईरहेका छन् । के कस्ता समस्याहरु छन्, भन्ने वारे अनुगमन गर्ने तथा काम गर्ने क्रममा आईपर्ने विभिन्न समस्याहरु समाधानमा सहजिकरण गर्ने गरेको जानकारी दिनुभयो । सो क्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, स्वकीय सचिव आशाकाजी श्रेष्ठलगायतको उपस्थिती थियो । टोलीमा क्याम्पसका २५ विध्यार्थीहरुको सहभागि थिए ।