हेटाैंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । फाउण्डेसनले नेपालीहरुको विशेष पर्वहरु बडादशै, तिहार, नेपाल सम्वत तथा छठ लगायत संपूर्ण पर्वहरुको उपलक्ष्यमा शुभकामना अदान–प्रदान तथा चियापान कार्यक्रम गरेकाे हाे ।
फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा फाउन्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथी पाैडेललगायत आफ्नाे गक्ष अनुसार सबैलाइ चार्डपर्ब मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकारले नागरिका लागि कुनैपनि काम नगरेको आरोप लगाउनुभयो । फाउनडेसनका अध्यक्ष खुलालले आउँदै गरेका चार्डपर्बले सबैमा सुख, शान्ति र समृद्धीको कामना समेत व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।