नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अनुबन्ध अर्थात् अक्सन आज सकिएको । अक्सनमा १ सय ७८ जना खेलाडीको नाम राखिएको थियो ।
ए श्रेणीमा रहेका २७ जना खेलाडीमध्ये १० जना अधिकतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् । मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गर्न सबै नौ वटै क्लबले इच्छा देखाएकोमा गोलाप्रथाका आधारमा उनी झापा एफसीमा अनुबन्ध भएका छन् ।
ललितपुर एफसीले ए श्रेणीका तीन जना खेलाडी अनुबन्ध गरेकोमा बुटलले भने एउटा पनि ए श्रेणीका खेलाडी अनुबन्ध गर्न सकेन । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १ लाख ५० हजार, बी ग्रेडका खेलाडीको मूल्य एक लाख रुपैयाँ देखि एक लाख ५० हजार रुपैयाँ र सी ग्रेडका खेलाडीको मूल्य ८० हजारदेखि १ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
मंसिर ८ गतेबाट शुरु हुने यसपटकको एनएसलमा बुटवल लुम्बिनी, धनगढी, एफसी चितवन, झापा, ललितपुर, विरगञ्ज, पोखरा, काठमाण्डौ र स्पोर्टिङ इलाम छन् । प्रतियोगिता मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।
यी हुन् अधिकतम मूल्यमा अनुबन्ध भएका १० जना खेलाडी
सेसेहाङ आङदेम्बे– ललितपुर सिटी एफसी
दिनेश हेन्जन– ललितपुर सिटी एफसी
सनीश श्रेष्ठ– ललितपुर सिटी एफसी
सीमान्त थापा– विरगन्ज युनाइटेड एफसी
लाकेन लिम्बु– झापा एफसी
कृतिस रत्न छुन्जु– धनगढी एफसी
आशिष गुरुङ– स्पोर्टिङ्ग मेची डे इलाम
सुदिप गुरुङ– विरगन्ज युनाइटेड एफसी
छिरिङ गुरुङ– एफसी चितवन
दिपेश गुरुङ– काठमाण्डौ रेजर्स
अधिकतम मूल्यमा अनुबन्ध भएका १० जना खेलाडी तथा अन्य खेलाडीकाे मूल्य यहाँ हेर्न सकिन्छ ।