मकवानपुर– बिहीबार मकवानपुरमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार हेटौंडाका १७ जनासहित थप २० जनामा कोरोना पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।
गत भदौ ६ गते र ८ गते सङ्कलन गरिएको २०० स्वाबको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो। आज प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका १७ जना, मनहरी गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको ३ दिनमा ६४ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा ४८ जनाको रिपोर्ट नेगेटिभ आएको साथै ९ जनाको पुनः पोजेटिभ रिपोर्ट आएको चौलागाइले बताउनुभयो ।
