नेकपा एमालेकाे बागमती प्रदेश अधिवेशन काठमाण्डाैकाे प्रदर्शनीमार्गमा शुरु भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ड्रोनमा पार्टीको झण्डा उडाएर अधिवेशन उद्घाटन गर्नुभयाे ।

बागमती प्रदेशको उद्घाटन भृकुटीमण्डपमा भए पनि बन्द सत्र भोलि मङ्गलवारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । अधिवेशनका लागि बागमती प्रदेशको १३ वटा जिल्लाबाट ११ सय ३८ जना प्रतिनिधि छनाेट भएका एमालेले जनाएकाे छ ।

उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरू सहभागी हुनुहुन्छ ।