संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने भएकाे हाे ।
त्यसअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो । अन्त्येष्टिका दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।