सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ । विसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा बोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।