एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ । काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन । याे खेल जितेमा भारत फाइनलमा पुग्नेछ । हिजाे साेमवार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई २ सय ३८ रनले हराएकाे थियाे ।