मकवानपुर– हेटौंडा उपमहानगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले स्थानिय सडक निर्माणका लागि व्यक्तिगत रुपमा १ लाख रुपैया सहयोग गर्नुभएको छ । वडा नम्बर ७ नागस्वती स्थित धानेश्वर पथबाट आदर्श पथ जोड्ने मनमोहन मार्गको जग्गा अधिग्रहणको लागि मुवाब्जा बापतको एकलाख रुपैया अध्यक्ष थापाले ब्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो ।
बुधवार हेटौंडा–७ नागस्वती स्थित बनदबी सभाहलमा वडा स्तरिय सास्कृतिक समितिको आयोजनामा भएको योग दिवस तथा माघे सङक्रान्तीको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेयर हरि बहादुर महत मार्फत उहाँले रकम हस्तान्तरण गर्नुभएको हो । मेयर महतले उक्त रकम सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भवनाथ गौतमलाई रकम हस्तान्तरण गर्नुभएको थियो । सडक अतिक्रमण हुन नसक्दा बाटो निर्माणको काम नै रोकिने भएकाले अध्यक्ष थापाले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो । अध्यक्ष थापाले आगामी दिनमा समेत बिभिन्न क्षेत्रमा सहयोग जारि राख्ने तथा आफ्नो कार्यकालमा सके सम्म वडाको विकासमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । वडा अध्यक्ष थापाले यस अघि पनि आफ्नो तलव भत्ता विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।