हेटाैंडा । मकवानपुरको मनहरी गाउँपालिकाले भैसीको पाडी खरिद गर्ने काममा अनियमितता गरेको पाइएको छ । गाउँपालिकाले चेपाङ, वनकरिया, बिपन्न, शहिद, बेपत्ता परिवारलाई लक्षित गरेर भैसीको पाडी खरिद गर्दा अनियमितता गरेको रहस्य बाहिरिएको हो ।
गाउँपालिकाले कुनैपनि सेवा वा वस्तु खरिद गर्दा दश लाख रुपैयाँ सम्ममा कोटेसनका आधारमा खरिद गर्न पाउने कानूनी व्यवस्था भएपनि २४ लाख ६७ हजार ५ सय रुपैयाँमा बजेट टुक्राएर १०८ वटा पाडी खरिद गरेकाे पाइएकाे हो । कोटेसनका आधारमा बिभीन्न संस्थासंग १०८ वटा पाडी खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र भट्टराइले बताउनुभयो ।
यता स्थानीयले भने पशु, चौपाया खरिद गर्दा अपनाउनुपर्ने नियम, कानून सबै मिचेर पाडी खरिद गरिएको आरोप लगाएका छन् । भने, पाडी प्राप्त गर्ने किसानसंग पनि गाउँपालिकाले रकम संकलन गरेको बताएका छन् । एउटा पाडीकाे लागत २३ हजार ५ सय रुपैयाँ भएपनि आफुहरुलाई मर्न लागेको लुते पाडी दिएको किसानहरुकाे आरोप छ ।गाउँपालिकाले गत आवमा पाडी खरिदका लागी पटक पटक गरी ३० लाख ७४ हजार ५ सय बजेट विनियोजन गरेकाे थियाे । त्यसबाट १०८ वटा पाडी खरिद गरेर वितरण गरेको हाे ।
पालिकाको गत असार ८ गतेको निर्णयले विपन्न परिवारलाई भन्दै ८३ वटा पाडी वितरण गर्ने निर्णय गरको थियो । जस अन्तर्गत वडा नम्बर १ र ४ का ८३ घर परिवारलाई पाडी वितरणका लागी भन्दै रकम अनियमीतता गर्ने मनासाय राखी एकै प्रकृतिका २ वटा कोटेसन समेत आह्वान गरीएकोे खुलेको छ । जसअन्तर्गत सोही अर्थीक बर्षमा १९ लाख ५० हजार ५ सय बजेट गाउँपालिकाले पारीत गरी पाडी खरिद प्रकृया अगाडी बढाएको खुलेको हो ।
सोही अन्तर्गत पालिको वडा नम्बर ९ स्थित ज्यामीरेको विमला कृषि केन्द्र प्राली सँग ९ लाख ६३ हजार ५ सयमा ४१ वटा र चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेडसँग ९ लाख ८७ हजारमा ४२ गरी ८३ वटा पाडी खरिद गरको गाउँपालिकाका लेखा अधिकृत भट्राइले बताउनुभयो । उक्त रकमलाई आधार मान्दा पालिकाले खरिद गरेको एक वटा पाडीको मुल्य २३ हजार ५ सय पर्न आउछ ।
तर, यसपछी पनि फेरी पछी अर्को फमबाट समेत गरी एक सय ८ वटा पाडी खरिद गरिएको छ । यही कोटेसनलाई आधार मानेरनै पाडी खरिद गरिएको हो । यद्यपी नश्ल प्रमाणीत नगरी वितरण गरीएको उक्त पाडीहरुको मुल्य २३ हजार ५ सय सम्म नपर्ने गाउँपालिकाका कृषकहरु आफैले बताउदै आएका छन् । गाउँपालिकाले अनुदान स्वरुप वितरण गरको उक्त पाडी प्रति कृषहरु नै असुन्तुष्ट देखीएका छन् ।
पालिकाको वडा नम्बर १ का कृषक गोमा वाईमा भन्छिन् “पाडी दिने भन्दै हामीसँग ३ हजार ५ सय २५ रुपँैया पालिकाले लियो तर भौचर समेत दिएन” । सोही वडाकी अर्का कृषक भन्छन्“वडा अध्यक्ष शिवप्रसाद खनाललाई ३ हजार ५ सय ४० रुपैया दियौँ विल भौचर केही पनि दिएनन्,पालिकाले दिएको पाडी समेत हिड्न नसक्ने थियो बल्ल बल्ल २ महिनामा यत्तिको हेर्न हुने भयो ।” यता गाँउपालिका भने कृषकको गुनासोलाई लात हान्दै बजेट विनियोजन ठिक भएको बताएको बताउदै आएको छ ।
त्यस्तै ज्येठ १७ गते पालिका क्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेका बनकरीया समुदायको आयआर्जन तथा जिविकोपार्जन सहयोग गर्ने उद्येश्यले वडा नम्बर ४ मा बसोबास गर्ने १० परिवार वनकारीयालाई समेत पाडी वितरण गर्ने निर्णय गरेको थियो तर सो शिर्षक कति बजेट विनियोजन गरेको भन्ने जानकारी दिन गाउँपालिकाले आनाकानी गरेको छ ।
उक्त शिर्षकमा २५ हजारका दरले १० परिवारलाई ३ लाख बजेट विनियोजन गरी पाडी गरीएको पाईएको छ । सो स्थानमा वितरण गरीएका पाडीको नश्ल चेकजाँच समेत नगरी र पर्ने मुल्य भन्दा बढि देखाएको श्रोतको दावि छ । त्यसैगरी असार २१ गतेको पालिकाको निर्णयले पालिका भित्रका सहिद परिवार सम्मान कार्यक्रम र द्धन्द पिडीत सम्बद्ध कार्यक्रममा ५ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो । श्रोतकानुसार उक्त शिर्षक अन्तर्गत १५ वटा पाडी खरिद गरीएको र खरिदमा प्रति पाडी २७ हजार रुपैँया खर्च गरीएको छ । उल्लेखीत शिर्षकमा गाउँपालिकाले विनाअनुगमन विल पास गरेको समेत पुस्टी भएको छ ।
पाडी खरिदमा अनियमितता भयो–एमाले र राजश्वपा
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न, बनकरीया, सहिद तथा द्वन्द पिडीत परिवालाई वितरण गरेको पाडीमा चरम लापरवाही भएको भन्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीले पालिकाको सो कार्यले जनताले तिरेको करको दुरुपोयग गरको बताएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पालिकाले विना टेण्डर विना कोटेशन र सामान्य स्वास्थ्य परिक्षण समेत नगरी पाडी वितरण गर्नु भ्रष्ट मानसिकताको उपज रहेको जानकारी गराएको हो ।
स्थानीय राजनीतीक दलले तथ्याङ्क माग गर्दा पालिकाले अपुरो तथ्याङ्क दिएको र सो कार्यलेनै भ्रष्टचार भएको आशंका गरीएको पत्रकार सम्मेलमा जानकारी गराएको हो ।
“मनहरी गाँउपालिकाको तर्फबाट अध्यक्ष रन्जन कालाखेतीले भ्रष्टचार भएको भए कारवाही गर्छु भन्नुको सट्टा ठेगेदारहरुलाईनै दाँयाबाँया राखेर अनियमीता भएको भए रकम फिर्ता गर्न लगाउछु भन्ने जस्तो अभिव्यक्ति दिएको हुँदा स्वत भ्रष्ट भएको अनुमान गर्न सकिन्छ ।” नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी गाउँपालिका सभापती गोविन्द सापकोटाद्वारा हस्ताक्षर गरीएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।
सत्यतथ्य पत्ता लगाई दोषिलाई यथासिग्र कारवाहि गर्नु पर्ने अन्यथा थप सशक्त आन्दोलन गर्ने पत्रकार सम्मेलन मार्फत चेतावनी समेत दिईएको छ ।
पाडी खरिदमा अनियमितता भएकाे पाइएका कार्बाही गछौं–अध्यक्ष कालाखेती
यता गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने कोटेशन अनुसार पाडी खरिद गरीएको र कमजोरी भएको रहेछ भने कमजोरी गर्ने जोकोहीलाई कारबाही गर्ने बताउनुभयो । गरिब र विपन्न परिवारका नागरिकलाई सहयोग गर्न उदेस्यले पाडी खरिद गरेर वितरण गरेको बताउँदै अध्यक्ष कालाखेतीले भन्नुभयो–‘किसानलाई वितरण गरिएको पाडी कोही साना र कोही ठुला देखिएको छ । साना बितरण भएकालाई कि ठुला पाडी दिन्छौ त कि ठेकेदारलाई पैसा र्फिा गराउँछौं ।’
पाडी खरिदका विषयमा सामाजिक सञ्जालमा आएका विषयलाई तत्काल छानविन गरिने र दोसी देखिए कार्बाही गर्ने अध्यक्ष कालाखेतीले बताउनुभयो । किसानको हितका लागि पाडी वितरण गरिएको हो । कोही साना र कोही ठुला पाडी वितरण भएकोमा साना पाडी बितरण भएकाहरुबाट ठेकेदारलाई पैसा फिर्ता गराउने उहाँले बताउनुभयो ।
जनपत्रडटकमकाे सहयाेगमा ।