सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरमा बुधबार एकै दिन दुइ बालविवाह राेकिएकाे छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ की एक बालिकाले परिवारले विवाहको उमेर नपुगी विवाह गरिदन लाग्दा आफ्नो विवाह रोक्न सफल भएकी छिन्र । आफ्नै परिवारले माघ २ गते (आजका) लागि तय गरेको विवाह बालिका स्वयले १ गते बुधबार सिविन बाल हेल्पलाइनको १०९८ नम्वरमा फोन गरेर राेक्न सफल भएकी हुन् ।
बालिकाले फोन मार्फत आफ्नै परिवारले बालविवाह गरिदिन लागेको भन्ने जानकारी गराएपछि वडा कार्यालय र स्थानीय प्रहरीको समन्वयमा विवाह रोकिएको हो । बडा अध्यक्ष शेरमान घलान, हात्तीसुडे प्रहरी चौकीका इन्चार्ज असइ कृष्ण गौतम, बालमैत्री सहजकर्ता कल्पना गोले, र बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली सहितको टोलीले बालिकाको बालविवाह हुनबाट रोकेका हुन् ।
त्यस्तै बकैयाकै वडा नमबर ७ मा पनि सोहि दिन अर्को एउटा वालविवाह रोकिएको छ । वडा नम्बर ७ मा १७ वर्षिय बालक र १६ वर्षिय बालिकाको बालविवाह रोकिएको सिविन बाल हेल्पलाईनका जिल्ला संयोजक ज्ञवालीले जानकारी दिनुभयो । साथै उनिहरुका परिवारलाई वालविवाहका कारण पर्ने असर तथा कानुनी ब्यवस्था बारेमा जानकारी समेत गराईएको उहाँले बताउनुभयो । परिवारले आर्थिक अवस्था कमजोर भएका कारण विवाह गरिदिन लागेको बताएका थिए ।
दुवै वडाका वडाअध्यक्षहरुले २० वर्ष उमेर नपुगि बिहे नगर्ने र पढाइलाइ पुन निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दुबै बालिकाहरुले कक्षा ८ मा पढाइ छाडेको पुन यसै वर्ष जाँच दिन तथा आवश्यक सहयोगको लागि विद्यालयसँग समन्वय भइरहेको बालहेल्पलाइनले जनाएको छ । हाल दुबै बालिकाहरुलाइ आवश्यक परामर्शकालागि बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको ज्ञवालीले बताउनभयो ।