साताको अन्तिम शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार आज २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा झरेको छ ।
घटेको बजारमा कारोबार भने बढेको छ । आज नेप्सेमा १ अर्ब १५ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ७० करोडको कारोबार भएको थियो । कारोबारमा आएका २०३ कम्पनीको सेयरमूल्यमा गिरावट आउदा २१ कम्पनीको बढेको छ । ४ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ ।
आज शुभम पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ६९१ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ । लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक ६ करोड १५ लाखको कारोबार भएको छ ।