सुनचाँदीको मुल्य आज शुक्रवार घटेको छ । सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीवार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।











