एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालका ओपनर आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।
उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए । यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।