मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले फेरी मन्त्रीपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले सोमाबार नेकपा (एकीकृत समाजवादी) बाट रमा आलेमगरलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो ।

उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार (आज) बिहान विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । मन्त्रालयको जिम्मेवारी पछि तोक्ने गरि उहाँलाई नियुक्त गरिएको हो ।
चन्द्रागिरी नगरपालिकाकी रमा आलेमगर काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित हुनु भएकाे थियाे । उहाँ एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचीत हुने एक्ली महिला सांसद हुन् । मगर प्रदेशसभाको पहिलो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो ।
