हेटौंडा– बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायीक बिद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।
बिद्यालयको प्रशासनिक कामलाईए सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायीक बिद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । सहयोग सामग्री हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र सामाजिक बिकास समितीका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले बिद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।
आन्तरिक श्रोतको २० लाख रुपियाँबाट ठेक्का मार्फत गरीद गरिएको सामग्री हस्तान्तण गर्दै नगर प्रमुख लामाले बिद्यालयको शैक्षिक गतिबिधीलाई सुधार्ने तर्फ ध्यान दिन आग्रह गरीन् । सामुदायीक बिद्यालयको शैक्षिक स्तर उकास्ने तर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो । उनले उपमहानगरले दिएको सामग्रीबाट बिद्यालयको आन्तरीक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड दिइन् ।
उपमहानगरले बिद्यालयहरुलाई प्रबिधी मैत्री बनाउँनका लागि गरेको सहयोगबाट समुदायीक बिद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् । बिद्यालयको प्रशासनिक कार्य तथा परिक्ष सम्बन्धि कार्य व्यवस्थापनका लागि निकै सहज हुने आकाशधारा पानिसारा आधारभुत बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिकले बताए ।