मकवानपुर । मकवानपुरको राक्सिराङ गाँउपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । राप्ति नगरपालिका वडा नम्बर १२ दुङथली बस्ने वर्ष ४८ का धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
मकवानपुरको राक्सिराङ ७ काँकडा र चितवनको राप्ति नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउती खोलामा प्रजाको शव भेटिएको हो । खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ ७ का वडा अध्यक्ष रामबहादुर प्रजाले बताउनुभयो ।
मेरो भिनाजु नाता पर्छ, मंगलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनु भएको थियो, वडाध्यक्ष प्रजाले बताउनुभयो । बुधबार विहान रेउती खोलामा स्थानीयले शव भेटिएपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले भन्नुभयो ।