प्रतीकात्मक तस्बिर

हेटौंडा । हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका–३ लेवटमा करेन्ट लागेर स्थानीय ३२ वर्षिय अशोक स्याङतानको मृत्यु भएको हो ।
खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेण्ट लाग्दा घाईते भएको उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।