सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू-उपयोग नियमावली पारित गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको हाे ।
नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने ती मन्त्रीले बताउनुभयाे । यस्तै मन्त्रीपरिषद् बैठकले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने निर्णय गरेको छ । यस्तै गोरखामा भेटिएको बहुमूल्य पत्थरलाई गोरखा दरबारमा राख्ने निर्णय गर्नुका साथै सो बहुमूल्य पत्थर संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै पुरस्कृत गर्ने निर्णय गरेकाे छ ।