हेटाैंडा । नेकपा (एमाले) बागमती प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलवारदेखि सुरू भएकाे छ । नेकपा (एमाले) स्कुल विभाग केन्द्रिय कमिटीकाे संयाेजन तथा स्कुल विभाग बागमती प्रदेश कमिटीकाे व्यवस्थापनमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमकाे मङ्गलवार एक कार्यक्रमकाबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयाे । कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताउनुभयाे । उहाँले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाउनुभयाे ।
‘हामीले पुस ५ गते संसद् विघटन गर्यौँ। हामीले ठिक ठानेर गर्यौँ। ठिक भनेर गर्यौँ। ठिक थियो र गर्यौँ। नगरी नहुने थियो र गर्यौँ । बिलकुलै समसामयिक कदम चाल्यौँ,’ उहाँले भन्नुभयाे, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौँ।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौँ ।’ षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताउनुभयाे । उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भङ्ग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताउनुभयाे । प्रतिनिधि सभा पुनः स्थापना हुँदा पनि केही नबिग्रिएको र सङ्गठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो ।
अध्यक्ष ओलीले दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गर्नुभयाे । उहाँले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्न दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरूको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरू हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’