नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो ।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । त्यसअघि उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको छ । लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुहुनेछ । गएको आइतबार नेपाल आउनुभएका लिउ भोलि स्वदेश फर्किनुहुनेछ ।