कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । वल्डोमिटर्सको बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ यि ७५ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ५ सय ७० भन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

त्यस्तै विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ५ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन् । प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४ सय ४३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाखको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । भने देशभर ९३ हजार ५ सय ३३ जनाको कोरोनाकै कारण ज्यान गएको छ । त्यस्तै १५ लाख ७० हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् ।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार उपत्यकामा ५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।