अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै याे जानकारी दिएका हुन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसकाे शुभकामना । जय हिन्द ।