file photo

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राख्नु भएकाे प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले बताउनुभयाे ।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।
बैठकमा संसदमा सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशंकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।
यस्तै, ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधव नेपाल र नेसपा अध्यक्ष बाबुराम भट्टराईको नाम जोडिएको छ । नेकपा एसका नेता आजै युरोप भ्रमणलाई छोट्याएर नेपाल फर्किनु भएकाे थियाे ।
यस्तै, सुन प्रकरण माओवादीका नेताहरुको नाम जोडिएपछिको प्रसंग, गौर हत्याकाण्ड, कांग्रेसका सांसद सुनिल शर्मा पक्राउलगायतको विषयमा पनि गठबन्धन दलभित्र तरङ्ग पैदा भइरहेको छ । नेपाल प्रेस