फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।
आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दैछन् । स्पेन र नेदरल्यान्ड्सबीचको खेल अहिले बिहान पौने ७ बजे हुँदैछ । त्यस्तै, जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।
भोलि अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्नेछन् । ४ पटकको च्याम्पियन अमेरिका, दुई पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान् सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो ।
यस्तै, स्पेन र कोलम्बियाले पहिलो पटक विश्व कपको अन्तिम–८ मा स्थान बनाएका छन् । जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।