चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि ५० वटा बसको व्यवस्था गरिएको छ । १०औं राष्ट्रिय महाधिवेशन यातायात व्यवस्थापन समितिको बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिका लागि कार्यक्रम उद्घाटन स्थल क्याम्पाचौरबाट बन्दशत्र सञ्चालन हुने स्थान सौराहासम्म जानकालागि ५० वटा बस र २० वटा साना गाडीको व्यवस्था गरिएको जनाएको छ ।
बुधबार यातायात व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकमा ५० वटा बसले प्रतिनिधिलाइ सौराहासम्म पु¥याउने र सौराहामा २० वटा साना गाडीले ती प्रतिनिधिलाई होटेलसम्म पु¥याउने गरि व्यवस्थापन गरिएको जनाएको छ । साथै सौराहामा महाधिवेशन प्रतिनिधिलाई घुम्नका लागि छुट्टै यातायातको व्यवस्थापन गरिएको समेत जनाईएको छ । साथै बैठकमा सो बाहेक महाधिवेशनमा आउने अन्य गाडीहरुको समेत विभिन्न स्थानमा व्यवस्थापन गरिने जनाएको छ । समितिले ट्राफिक प्रहरी र स्वयमसेवकसंग थप समन्वय गरेर यातायतको व्यवस्थापन गर्ने समेत निर्णय गरेको संयोजक अधिकारीले जानकारी दिनुभयो । समितिमा मकवानपुरका रघुनाथ खुलालसहित २५ जना सदस्य रहेको छ ।