हेटाैंडा । मानव सेवा आश्रमले आगामी भदौ ५ गते देखी १३ गते सम्म १३औं ज्ञान हस्तान्तरण कार्यक्रम गर्ने भएको छ । मानव सेवा आश्रमको आयोजना तथा मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा बुटवलमा सात दिवसीय ज्ञान हस्तान्तरण कार्यक्रम हुने भएको हो ।
रूपन्देही, तिलाेत्तमा–६, स्थित मानव सेवा आश्रम बुटवलमा कार्यक्रमको तयारी भइरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष अधिकारीसहित विभिन्न व्यक्तिहरुले प्रशिक्षण तथा सहजीकरण र्गनुहुने मानव सेवा आश्रमका अभियन्ता हुमनाथ पौडेलले बताउनुभयो । मानव सेवा आश्रमको ११औं वार्षिक उत्सवको अवसरमा हुन लागेको ज्ञान हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि एक हजार पाँच सय शुल्क निर्धारण गरिएको छ ।
युवाहरुमा सकरात्मक सोच, श्रृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावना सहितको असल, आत्मसंयमित, विवेकशील, आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रमको आयोजना गरिन लागिएको हो । सातवटै प्रदेशबाट सहभागि रहने उक्त कार्यक्रममा हेटौंडाका लागि १५ जनाको कोटा रहेकाले समयमै सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभएकाे छ ।











