file photo

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिषालु च्याउ खादा ६ जना बिरामी परेका छन् । राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित  ६ जना बिरामी परेका हुन ।
जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष  चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको प्रहरीले बताएको छ ।
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । सरिखेतमा सम्भव भएको औषधी उपचार गरिएको भएतापनि  आइसियु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले सरिखेत स्वाथ्य चौकीबाट भरतपुर पठाइएको उहाँले बताउनुभयो ।