फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । आज मङ्गलवार भएकाे राउन्ड अफ–१६ काे अन्तिम खेलमा फ्रान्सले माेरक्काेलाई हराउँदा क्वाटरफाइनल पुग्ने ८ वटै टिमकाे टुङ्गाे लागेकाे हाे । याे खेलमा फ्रान्सले माेरक्काेलाई ४–० गाेलले हरायाे ।
क्वाटरफाइनल खेल आउँदाे शुक्रवारदेखि शुरु हुनेछ । क्वाटरफाइनलकाे पहिलाे खेलमा शुक्रवार बिहान पाैने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा दिउँसाे सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।
यस्तै शनिवार पहिलाे खेलमा दिउँसाे पाैने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र काेलम्बियाबीच खेल हुनेछ । नवाैँ संस्करणकाे महिला विश्वकप यसपालि अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे छ । फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।









