मकवानपुर । सोमबार रातिदेखि परेको अबिरल वर्षका कारण मकवानपुरका विभिन्न क्षेत्रमा क्षती पु¥याएको छ । अबिरल वर्षका कारण पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन् । भने, विभिन्न स्थानमा सडक अबरुद्ध भएको छ ।
अबिरल वर्षका कारण आएको पहिरोले घर बगाउँदा मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा एक जनाको मृत्यु भएको छ । भने अन्य ६ जना वेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयको सकृयतामा खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोमा परि बागमती–५, अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उहाँको श्रीमती मृत्यु भएको हो भने अन्य ६ जना बेपत्ता भएका हुन् । पहिरोमा परी घाइते हुनु भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्वास्थ्यचौकी लगेकोमा उपचारको क्रममा उाहँँको मृत्यु भएको हो ।
यस्तै पहिरोमा परी स्थानीय ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षकी शिला पहरी, ज्वाँइ अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । उद्धारका लागि प्रहरी परिचालन भइसकेको र काभ्रे जिल्लाको सीमामा रहेका प्रहरीले समेत सहयोग गरिरहेको कार्कीले जानकारी दिनुभयो ।
भैसे–भीमफेदी सडक पुन अबरुद्ध
बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाण्डौ जोड्ने दुवै सडकमार्ग पुन अबरुद्ध भएको छ । गएरातीबाट परेको पानीका कारण पहिरो जाँदा अबरुद्ध भैसे–भीमफेदी सडक मंगलबार बिहान एकतर्फि सूचारु भएकोमा अहिले पुन अबरुद्ध भएको हो ।
हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्ड बिहान एकतर्फि रुपमा सुचारु भएकोमा अहिले पुन अबरुद्ध भएको प्रहरीले जनाएको छ । सोमबार राति भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको थियो । समान्य पहिरो हटाएर एकतर्फी संचालनमा ल्याइएको सडकखण्डमा अहिले फेरी पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पानी पर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको यद्यपी डोजर स्टयाण्ड बाइ रहेकोले पानी पर्न रोकिएसंगै पहिरो हटाउने रिजालले बताउनुभयो ।
यता सोमवार रातिबाट अवरुद्ध बनेको कान्तिलोकपथ अझै संचालनमा आएको छैन् । बकैया गाउँपालिका–११ लामराङमा पहिरो खसेको छ । सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको प्रहरीले जनाएको छ । लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ ।
यस्तै बागमती खोलामा आएको बाढीका कारण सडक भत्काउँदा धरान चतरा सडक पनि अबरुद्ध भएको छ । धरान चतरा सडक खण्ड अन्तरगत बागमती गाउपालिक -४ पांचपान्डबमा बागमती खोलाले सडक भत्काउँदा सडक अबरुद्ध भएको स्थानीयले बताएका छन् । मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुल नजिकैको सडक बागमती नदीले भत्काएको हो ।