आज देशभर ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ८ हजार ६ सय ९३ नमूना परिक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज ९ सय ११ जना संक्रमित निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० सक्रिय संक्रमित रहेका छन् । आज एक लाख ३५ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।