हेटौडा । हेटौडाबाट करिब १५ लाख मुल्य बराबरको अवैध कपडा तथा प्रतिवन्धित औषधी सहित ट्रक नियन्त्रणमा लिईएको छ । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान ८ बजेको समयमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित पुर्वपश्चिम राजमार्गबाट भन्सार छलि ल्याईएका पाईन्ट, टिसर्ट,कुर्ता लगाएतका प्रतिवन्धित औषधी सहित मालबहाक कन्टेनरर चालकलाई लाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीले विषेश सुचनाको आधारमा भन्सार छलि ल्याईएका कपडाहरु एक लाख वीस हजार बराबरको पाईन्ट तीस पिस, तीन लाख मुल्य बराबरको टिसर्ट दुई सय पिस, दश लाख २६ हजार बजार मुल्य बराबरको कुर्था पाँच सय १३ पिस गरी १४ लाख ४६ हजार बजार मुल्य बराबरको कपडा बरामद गरीएको कार्कीले बताउनुभयो ।
उहाँका अनुसार डेट एक्सपाएर भएको प्रतिवन्धित औषधी ट्रामडोल ५० एमजीको एक लाख ३१ हजार सात सय ६० ट्यावलेट र महारिच मल्टी भिटामिन एक सय पचास पिस बरामद गरीएको बताउनु भयो । सशस्त्र प्रहरी सहायक निरिक्षक सोनाम सिंह मोक्तानको कमाण्डमा खटिएको ९ जना मोवाईल गस्ती टोलीले वीरगंज बाट काठमाण्डौ तर्फ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबहाक कन्टेनर ट्रक रोकी चेक जाँच गर्दा अवैध सामान सहित ट्रक चालक जिल्ला काभ्रे देउपुर नगरपालिका ९ मण्डन बस्ने वर्ष ४८ को ज्ञानेन्द्र कुमार सापकोटालाई नियन्त्रणमा लिई कानुन शाखा सँग आवश्यक समन्वय गरी कार्वाही प्रकृया अगाडी बढाउने कार्कीले बताउनु भयो ।