फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने समूह ‘एच’को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।
कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ।